बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जाजरकोटमा बस दुर्घटना, ५ जनाको मृत्यु

आइतबार, १२ मङ्सिर २०७८, ०७ : ५७
आइतबार, १२ मङ्सिर २०७८

जाजरकोटमा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जाजरकोटका डीएसपी मधु कुमार थापाका अनुसार दुर्घटनामा  २७ जना घाइते छन्। घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

नेपालगन्जदेखि जाजरकोटको रिडीबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराह चौक नजिक दुर्घटना भएको हो। दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट १० किलोमिटर पश्चिममा पर्दछ । घटनाको थप विवरण आउन बाँकी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप