शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन, दश मुलुक रेड लिष्टमा

शनिबार, ११ मङ्सिर २०७८, २२ : ४३
शनिबार, ११ मङ्सिर २०७८

बेलायतमा पनि  दुई जनामा नयाँ कोभिड भेरियन्ट ओमिक्रोन संक्रमित भेटिएका छन् । चेल्म्सफोर्ड, एसेक्स र नटिङ्घममा नयाँ केस फेला परेको  बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गरेका हुन् । नयाँ भेरियन्ट दक्षिण अफ्रिका, बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा यसअघि नै पहिचान गरिएको छ । बेल्जियम लगायतका मुलुकमा पनि यो भाइरस देखिन थालेपछि यात्रा प्रतिबन्धमा थप कडाइ गर्न थालिएको छ ।

बेलायत सरकारले शुक्रबार नै थप ६ वटा मुलुकलाई  सोमबारबाट यात्रा प्रतिबन्धको रेड लिष्टमा राख्ने घोषणा गरेको थियो । आज शनिबार एंगोला, मोजाम्बिक, मालावी र जाम्बियालाई पनि  रेड लिष्टको सूचीमा  राख्ने भएको छ ।

नयाँ भाइरसका कारण  बेलायत सरकारले सोमबार बिहान ४ बजेबाट लागू हुने गरि १० ओटा मुलुकलाई रेड लिष्टमा राखेको छ । रेड लिष्ट अन्तर्गतका मुलुकबाट बेलायत आउँदा १० दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ ।

बेलायतमा समेत नयाँ भेरिएन्ट देखा परेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज साँझ नै बैठकको आयोजना गर्ने भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ कोभिड–१९ संस्करणलाई ‘ओमिक्रोन’ नाम दिएको हो ।

विश्व स्वास्थ्य संगठनले यसलाई अत्यन्तै चिन्ताजनक भन्दै टिप्पणी गरेको छ । युरोप अमेरिका लगायत विभिन्न मुलुकले अफ्रिकन मुलुकबाट हुने हवाई उडानलाई प्रतिबन्ध गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप