शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

नुवाकोट काँग्रेस सभापतिमा महतका भजितासँग केसीका भाइ पराजित

शनिबार, ११ मङ्सिर २०७८, २२ : २५
शनिबार, ११ मङ्सिर २०७८

नेपाली काँग्रेस नुवाकोटको सभापतिमा रमेश महत निर्वाचित भएका छन् । शुक्रबार भएको जिल्ला अधिवेशनमा महतले केदारनरसिंह केसीलाई १० मतले पराजित गरी नुवाकोटको सभापति बन्न सफल भएका हुन् । महतले ८३३ र केसीले ८२३ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ । 

जिल्ला सभापतिमा निर्वाचित महत नेताहरु डा. रामशरण महत र डा. प्रकाशशरण महतका भतिजा हुन् । पराजित डा. केसी काँग्रेस नेता अर्जुननरसिंह केसी र निवर्तमान जिल्ला सभापति जगदीश्वरनरसिंह केसीका भाइ हुन् ।

१३ औं महाधिवेशनमा जगदीश्वरनरसिंह केसीसँग महत १४ मतले पराजित भएका थिए । यसपटक महतले केदारनरसिंहलाई पराजित गर्दै हारको बदला लिएका छन् ।

केन्द्रमा रामचन्द्र पौडेल समूहमा रहेका रामशरण र अर्जुननरसिंह जिल्लामा दुई कित्तामा विभक्त छन् । केसी एक्लै भिडिरहेको छ भने महतलाई जिल्ला राजनीतिमा सभापति शेरबहादुर देउवा निकट सहमहामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य बहादुरसिंह लामाको साथ छ । प्रकाशशरण र बहादुरसिंहको साथ भएपछि रमेशले सभापतिमा बाजी मार्न सफल भएका छन् । रमेश ११ औँ महाधिवेशनमा क्षेत्रीय सचिव र १२ औँ महाधिवेशन​मा जिल्ला सचिव थिए ।

उपसभापतिहरुमा सन्तमान तामाङ, राजु थापा, सचिवद्वयमा वैकुण्ठ मिश्र, श्रीराम श्रेष्ठ, सहसचिवमा यादव नेपाल र उत्तम पाठक निर्वाचित भएका छन् । नुवाकोट संघीय निर्वाचन क्षेत्र २ र प्रदेशसभाको ४ वटै क्षेत्रमा देउवा पक्ष हाबी छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप