ओलीलाई जिम्मेवारी दिने निर्णय मान्दिन : भीम रावल
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीसहित केन्द्रीय सदस्य प्रस्ताव गर्न दिएको जिम्मेवारीप्रति असन्तुष्टि जनाएका छन् । शनिबार सौराहामा जारी १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र हलले अध्यक्ष ओलीलाई १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा दिएको थियो ।उपाध्यक्ष रावलले सो निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले आफू अध्यक्षमा उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने समेत बताए । बन्द सत्रमा नेता विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिने प्रस्ताव गरेका थिए । त्यसलगत्तै वन्दसत्रका अधिकांशले ताली बजाएपछि उक्त प्रस्ताव पारित भएको घोषणा गरिएको थियो ।
अर्का नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले सहमतिको नाममा मृत्युको आँसु बेचेको प्रतिक्रिया दिएका छन् । एमाले नेता सुरेन्द्र पाण्डेले यस विषयमा अहिले नै प्रतिक्रिया नदिने बताए । उता, अष्टलक्ष्मी शाक्यले भने अध्यक्ष ओलीलाई जिम्मेवारी दिने प्रस्ताव मात्र भएको अन्तिम निर्णय भने भइनसकेको जिकिर गरिन् । बन्दसत्र आइतबार बिहान १० बजे पुनः सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'