बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा ट्रकको ठक्करबाट बाबु छोराको मृत्यु

शनिबार, ११ मङ्सिर २०७८, १९ : १९
शनिबार, ११ मङ्सिर २०७८

रुपन्देहीमा ट्रकको ठक्करबाट  दुई जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट बसमा सवार बाबु–छोराका ज्यान गएको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदीप रहेका छन् ।

बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते उनीहरुलाई युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिएको थियो । अस्पताल पुर्याएलगत्तै उनीहरुको मृत्यु भएको हो ।

ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप