भूकम्पपछि ५२ प्रतिशत क्षतिग्रस्त सम्पत्तिको पुनरुत्थान : प्रतिवेदन
२०७२ सालको भूकम्पले क्षति पुर्याएको सम्पत्ति ५२ प्रतिशत पुनरुत्थान भएको एक अध्ययनले देखाएको छ । शनिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा भूकम्पपछि नेपालमा क्षतिग्रस्त सम्पत्तिको पुनरुत्थान कसरी भयो त्यस सम्बन्धी गरेको विस्तृत अध्ययन गरिएको छ ।
त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र केन्द्रीय विभागको नेतृत्वमा गरिएको अध्ययनमा भूकम्प गएको पाँच वर्षमा मानिसहरूसँग भएको जीवन चलाउने स्रोत उत्पादनशील सम्पत्तिको पुनरुत्थान कसरी सम्भवका विषयमा बढी केन्द्रित भएको छ । उक्त प्रतिवेदन अनुसार क्षति भएको सम्पत्तिहरू अहिले ५२ प्रतिशत पूर्ण रूपमा पुनरुत्थान भएको र ४७ प्रतिशत भने आधा मात्रै पुनरुत्थान भएको देखाएको छ ।
अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेपाल पुनर्निर्माण प्राधिकरणका विष्णु भण्डारीले यस बीचमा भूकम्पपछि विभिन्न विषय र पक्षमा अध्ययन अनुसन्धान भए पनि जनताको अर्थतन्त्रसँग जोडिएको विषयमा अनुसन्धान नभएकाले यो एउटा महत्त्वपूर्ण दस्तावेज नै भएको बताउनुभयो । अर्थतन्त्रसँग जोडिएको यो नै पहिलो प्रतिवेदन भएको बताउनुभयो । यस दस्तावेजले भूकम्प पछिको पुनः निर्माणमा स्थानीय अर्थतन्त्रसँग जोडिएका हराएका मौलिक व्यवस्था र अहिले चलिरहेको व्यवस्थाको अध्ययन गर्न सजिलो हुने बताए।
त्यस्तै,त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख शिवप्रसाद अधिकारीले भूकम्पपछि सम्पत्तिको पुनरुत्थान अनुसन्धान गर्नु कठिन भएता पनि अनुसन्धान प्रतिवेदन आएको बताउनु भयो प्रतिवेदनले भूकम्पपछि जनताले आफ्नो क्षति भएको सम्पत्ति कसरी पुनरुत्थान गरे भन्ने अध्ययन,अध्यापन र अनुसन्धान गर्न सहज हुने बताए ।
अर्थशास्त्र विभागका प्रमुख अधिकारीले विभिन्न समयमा आउने प्राकृतिक विपत्तिको अनुसन्धानका प्रतिवेदनहरू अन्य बाहिरका गैर सरकारी संस्थाले मात्र गर्न नहुने बताए । त्रिभुवन विश्वविद्यालयलाई साधन श्रोत दिएर यस प्रकारका घटना तथा दुर्घटनाका अध्ययन अनुसन्धान गराउन सकिने बताए । अध्ययन अनुसन्धान गराउन राज्यले लगानी गर्नु पर्ने बताउनुभयो प्रतिवेदनमा अनुसार ग्रामीण क्षेत्रमा ५२ प्रतिशत आधा र ४८ प्रतिशत भने पुर्णरुपमा पुनरुत्थान भएको बताइएको छ । यसरी सम्पत्तिको पुनरुत्थान घर पुनर्निर्माण गर्न ९० प्रतिशत पुनर्निर्माण प्राधिकरणको सहयोग लिएको प्रतिवेदनले देखाएको छ । रेमिटेन्सबाट १८ प्रतिशत, २० प्रतिशत पुरानो सम्पत्ति बेचेर र ८५ प्रतिशत विभिन्न सङ्घसंस्थाले दिएको सहयोग मार्फत पुनरुत्थान गरेका छन् । त्यस्तै, पुनरुत्थानपछि सम्पत्तिको मूल्य ४ गुणाले बढेको प्रतिवेदनले देखाएको छ । भूकम्पपछि ५ लाख ४ हजार रहेको सम्पत्ति अहिले ४ गुणाले बढेर २२ लाख सम्म पुगेको प्रतिवेदनमा उल्लेख गरेको छ । यसरी मूल्य बढ्नुमा भूकम्प भन्दा अगाडी सडक नपुगेका ग्रामीण क्षेत्रमा समेत सडक बाटो पुगेकाले तथा सामाजिक अर्थतन्त्रमा आएको परिवर्तन र बजारको विस्तारले सम्पत्तिको मूल्य ४ गुणा भन्दा बढीले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो