बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पार्टीभित्रको लोकतन्त्र भनेकै सहमति हो : केपी ओली

शनिबार, ११ मङ्सिर २०७८, १८ : २६
शनिबार, ११ मङ्सिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको लोकतन्त्र भनकै सहमति र समझदारी रहेको बताएका छन् । शनिवार चितवनमा जारी पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले देशभरबाट सर्वसहमतिका साथ महाधिवेशन प्रतिनिधि आउनु ठुलो खुसीको कुरा भएको बताउँदै नेतृत्व चयनमा सहमति आवश्यक रहेको बताए ।  उनले पार्टीभित्रको लोकतन्त्रको बारेमा आफूले बारम्बार भनेको बताउँदै भने–‘पार्टीभित्रको मुख्य लोकतन्त्र समझदारी हो, सहमति हो, एकता हो, एकतापूर्ण ढंगले सहमतिका साथ अगाडि बढ्नु पार्टीभित्रको मुख्य लोकतन्त्र हो । विपक्षीसँगको हाम्रो संघर्ष प्रतिस्पर्धामा हुन्छ । पार्टीभित्रको प्रतिस्पर्धा मूल्याङ्कनमा हुन्छ ।’

 लोकतन्त्र भन्ने कुरा एउटै आधारमा हुन्छ भन्ने नबुझ्न उनले आग्रह गरे । उनले पार्टीभित्र वा मित्रहरूमा आन्तरिक एकता नै लोकतन्त्र भएको बताए । उनले प्रतिपक्षीसँग लड्दा प्रतिस्पर्धा प्रमुख कुरा हुने र पार्टीभित्र अगाडि बढ्दा एकता मुख्य कुरा हुने बताए । त्यो एकताले विपक्षीसँगका लागि बल पैदा हुने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप