
कास्की काँग्रेसले तोक्यो मतदानस्थल

पोखरा । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । सोमबार बसेको कास्की काँग्रेसका पदाधिकारी, क्षेत्र र प्रदेशसभाका सभापतिहरूसँगको संयुक्त बैठकले मतदानस्थल तोकिएको कास्कीका निर्वाचन अधिकृतका रामचन्द्र पौडेल बताए ।
उनका अनुसार मङ्सिर ६ गते हुने कास्की क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनको मतदानका लागि तालचोकस्थित सुभम पार्टी प्यालेस, मङ्सिर ३ गते हुने १ (क) को मतदानका लागि सोही सुभम पार्टी प्यालेस र १ (ख) को मतदानका लागि माटेपानीस्थित एसआर केसी क्याटरिङमा तोकेको छ ।
त्यस्तै, क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनको मतदान नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ ।२ (क) को पोखरा विरौटा र २ (ख) को पोखरा चिप्लेढुङ्गामा रहेको पार्टी कार्यालयलाई मतदानस्थल तोकिएको छ ।
क्षेत्र नं ३ को अधिवेशनको मतदानस्थल हेमजास्थित पार्टी कार्यालयलाई तोकिएको छ । ३ (क) को लागि हेमजास्थित पार्टी कार्यालय र ३ (ख) को लागि नागडाडाँस्थित पार्टी कार्यालयलाई तोकिएको छ । मङ्सिर १० गते हुने जिल्ला अधिवेशनको मतदान पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने छ ।
बैठकले जिल्ला, क्षेत्र र प्रदेश सभा अधिवेशनको अघिल्लो दिन उम्मेदवार मनोनयन दर्ता गर्ने निर्णय गरेको छ । मङ्सिर ३ गते हुने प्रदेश सभा अधिवेशनका लागि २ गते, ६ गते हुने क्षेत्रीय अधिवेशनका लागि ५ गते र १० गतेको जिल्ला अधिवेशनका लागि ९ गते उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ