मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही काँग्रेसको नेतृत्व सर्वसम्मत : गृहमन्त्रीका भाइ सभापति, सांसदकी श्रीमती उपसभापति

शनिबार, ११ मङ्सिर २०७८, १७ : ४८
शनिबार, ११ मङ्सिर २०७८

नेपाली काँग्रेस रुपन्देहीको नेतृत्व सर्वसम्मत चयन भएको छ । गृहमन्त्री तथा काँग्रेसका केन्द्रीय सदस्य  बालकृष्ण खाणको समन्वयमा रामकृष्ण खाण सर्वसम्मत रुपमा सभापतिमा चयन भएका हुन् । गृहमन्त्री खाणले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र प्रतिनिधिसभा सदस्य भरत शाह लगायतसँग छलफल गरेर निर्विरोध पदाधिकारी चयनको वातावरण बनाएका थिए । 

गृहमन्त्री खाण,  सांसद शाह, जिल्ला नेताहरु रामचन्द्र ढकाल, अष्टभुजा पाठक र अब्दुल रज्जाकबीचमा भागबण्डा गरी नेतृत्व चयन गर्ने सहमति भएको थियो । निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार सभापति पदमा खाणको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । रामकृष्ण गृहमन्त्री बालकृष्णका सहोदर भाइ समेत हुन् ।

रामकृष्णले यसअघि दुई कार्यकाल जिल्ला सचिवको जिम्मेवारी सम्हालेका थिए । यस्तै जिल्ला उपसभापतिमा थानेश्वर घिमिरे र डा. अनिता ढुंगाना शाह निर्विरोध निर्वाचित भएका छन् ।  थानेश्वर पौडेल पक्षका हुन् भने अनिता नेता भरत शाहकी श्रीमती हुन् ।

यस्तै सचिवमा हरिप्रसाद काफ्ले र परमानन्द भट्टराई तथा सह–सचिवमा बासुदेव रिमाल र विष्णु थापा पनि निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए । जिल्ला कार्यसमितिमा पदाधिकारी सर्वसम्मत गराए पनि क्षेत्रीय अधिवेशनहरू सभापति शेरबहादुर देउवा र वरिष्ठ पौडेल समूहबीच कुटाकुटको अवस्था सिर्जना भएको थियो ।

त्यसपछि सबैको ध्यान रूपन्देहीतर्फ केन्द्रित भएकोले सर्वसम्वत् नेतृत्व चयनमा नेताहरुले सहमति गरेको निर्वतमान जिल्ला सभापति अव्दुल रज्जाकले बताए । रुपन्देहीमा यसअधि क्षेत्रीय अधिवेशनमा  २ वाट सभापति पौड्यल पक्ष  ३ वटा सभापतिमा देउवा पक्षका विजीय भएका थिए  ।

देउवा समूहमा रहेका खाण र शाहले जिल्लामा अलग–अलग समूह बनाएका थिए । रुपन्देही क्षेत्र नम्बर ५ का संसाद समेत रहेका शाहले आफू निकट क्षेत्रीय  सभापतिलाई सर्वसम्मत बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप