मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

स्वतन्त्र न्यायालयको दुरुपयोग भयो : ओली

शनिबार, ११ मङ्सिर २०७८, १७ : ३३
शनिबार, ११ मङ्सिर २०७८

एमाले अध्यक्ष केपी ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताएका छन् । १०औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उनले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताए ।  शक्ति पृथकीकरणको सिद्धान्त खलबलिँदै गएको भन्दै यो क्रम अघि बढे लोकतन्त्रका लागि खतरा हुने बताए । यही कारण देशमा यतिबेला गम्भीर चुनौती खडा भएको बताए । 

एमाले यस्तो अवस्थामा गम्भीर भएर बन्द सत्रमा भेला भएको उनको भनाइ छ ।  ओलीले १०औँ महाधिवेशनबाट राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताएका छन् । उनले महाधिवेशनमा सहभागी देश विदेशबाट आएका पाहुना र सहभागीलाई धन्यवाद दिँदै उनीहरूले एमालेलाई परिचित, विश्वसनीय र भरपर्दो पार्टीका रूपमा दिएको शुभकामनालाई पूरा गर्ने बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप