एमालेले समयमा बन्दसत्र सुरु नगर्दा विदेशी पाहुना त्यसै फर्के
शनिबार, ११ मङ्सिर २०७८, १६ : ५३

एमालेको दशौं महाधिवेशन अन्तर्गत बन्दसत्र समयमै सुरु नहुँदा विदेशी पाहुना प्रत्यक्ष सहभागी नभई फर्कनुपरेको छ । शनिबार निर्धारित समयमा बन्दसत्र सुरु नभएपछि काँग्रेस आईका नेता अखिलेशप्रसाद कार्यक्रममा सहभागी नभई फर्किएका हुन् ।
अखिलेश काँग्रेस आईकी नेतृ सोनिया गान्धीले पठाएको शुभकामना सन्देश लिएर शनिबार सौराहा आएका थिए । तर कार्यक्रमस्थलमा पुगे पनि एमालेले निर्धारित समयमा महाधिवेशन सुरु नगरेपछि अखिलेश गान्धीको सन्देश छोडेर फर्किएका छन् । एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले सो शुभकामना सन्देश बन्द सत्रमा पढेर सुनाएका थिए ।
त्यस्तै कम्युनिष्ट पार्टी अफ इन्डियाका प्रतिनिधि पनि कार्यक्रममा सहभागी नभई फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका