शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले समयमा बन्दसत्र सुरु नगर्दा विदेशी पाहुना त्यसै फर्के

शनिबार, ११ मङ्सिर २०७८, १६ : ५३
शनिबार, ११ मङ्सिर २०७८

एमालेको दशौं महाधिवेशन अन्तर्गत बन्दसत्र समयमै सुरु नहुँदा विदेशी पाहुना प्रत्यक्ष सहभागी नभई  फर्कनुपरेको छ । शनिबार निर्धारित समयमा बन्दसत्र सुरु नभएपछि काँग्रेस आईका नेता अखिलेशप्रसाद कार्यक्रममा सहभागी नभई फर्किएका हुन् ।

अखिलेश काँग्रेस आईकी नेतृ सोनिया गान्धीले पठाएको शुभकामना सन्देश लिएर शनिबार सौराहा आएका थिए । तर कार्यक्रमस्थलमा पुगे पनि एमालेले निर्धारित समयमा महाधिवेशन सुरु नगरेपछि अखिलेश गान्धीको सन्देश छोडेर फर्किएका छन् । एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले सो शुभकामना सन्देश बन्द सत्रमा पढेर सुनाएका थिए ।

त्यस्तै कम्युनिष्ट पार्टी अफ इन्डियाका प्रतिनिधि पनि कार्यक्रममा सहभागी नभई फर्किएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप