
यो साता सुनचाँदीको मूल्यमा गिरावट

यो साता सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत साताको शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यो साताको शुक्रबार ९१ हजार ९०० मा आइपुगेको हो ।
यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा २५ सयले घटेर ९१ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । साताको आइतबार घटेर कारोबार सुरु भएको सुनको मूल्य सोमबार र शुक्रबारबाहेक सबै दिन घटेको थियो ।
यसका साथै, यो साताको चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ । अघिल्लो साताको शुक्रबार तोलामा १२ सय ७५ रुपैयाँ कायम भएको चाँदीको भाउ यो साताको शुक्रबार १२ सय २५ रुपैयाँ तोकिएको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ