एमाले बन्दसत्रमा जे देखियो तस्बिरमा हेर्नुहोस्
शनिबार, ११ मङ्सिर २०७८, १५ : ५८
नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । शनिबार विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र दिउँसो ३ बजेपछि मात्र सुरु भएको हो । सहमतिमा पदाधिकारी चयनको प्रयासका लागि करिब ५ घण्टा समय वितेको थियो । तर बन्द सत्रअघि सहमति गर्ने प्रयास सफल हुन सकेन । सहमति नभएपछि अहिले बन्दसत्र चलिरहेको छ ।
बन्दसत्र हलमा अध्यक्ष केपी ओलीका बेग्लै रङको कुर्सीमा बसेका छन् । मञ्चको पहिलो लहरमा अध्यक्ष ओली र विदेशी पाहुना आसीन छन् । ओली वाहेकका एमाले शीर्ष नेता भने हलकाे पहिलो लहरमा बसेका छन् । चिटिक्क पारिएको बन्दसत्र हलमा २१ भन्दा बढी प्रतिनिधि सहभागी छन् । एमाले महाधिवेशनका लागि आएका विदेशी पाहुनाले पनि बन्दसत्रको उद्घाटन कार्यक्रममा सम्बोधन गरेका छन् । केहीबेरमा बन्दसत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशप्रति नेकपा बहुमतको कडा आपत्ति
-
त्रिकोणात्मक शृङ्खला : नाटकीय पतनपछि नेपालको लगातार तेस्रो हार
-
राष्ट्रिय एकता बलियो बनाउन सामाजिक सञ्जाल विधेयक : मन्त्री गुरुङ
-
राष्ट्रियसभा बैठकमै सांसद भट्ट अस्वस्थ भएपछि...
-
७० अंकले बढ्यो नेप्से, करिब १३ अर्बको कारोबार
-
डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुखसहित पाँच जना पक्राउ