बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले बन्दसत्रमा जे देखियो तस्बिरमा हेर्नुहोस्

शनिबार, ११ मङ्सिर २०७८, १५ : ५८
शनिबार, ११ मङ्सिर २०७८

नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । शनिबार विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र दिउँसो ३ बजेपछि मात्र सुरु भएको हो । सहमतिमा पदाधिकारी चयनको प्रयासका लागि करिब ५ घण्टा समय वितेको थियो । तर बन्द सत्रअघि सहमति गर्ने प्रयास सफल हुन सकेन । सहमति नभएपछि अहिले बन्दसत्र चलिरहेको छ ।

बन्दसत्र हलमा अध्यक्ष केपी ओलीका बेग्लै रङको कुर्सीमा बसेका छन्  । मञ्चको पहिलो लहरमा अध्यक्ष ओली र विदेशी पाहुना आसीन छन् । ओली वाहेकका एमाले शीर्ष नेता भने हलकाे पहिलो लहरमा बसेका छन् । चिटिक्क पारिएको बन्दसत्र हलमा २१ भन्दा बढी प्रतिनिधि सहभागी छन् । एमाले महाधिवेशनका लागि आएका विदेशी पाहुनाले पनि बन्दसत्रको उद्घाटन कार्यक्रममा सम्बोधन गरेका छन् । केहीबेरमा बन्दसत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप