मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै श्रम क्षेत्रका समस्या समाधान गरौँ : ढकाल

शनिबार, ११ मङ्सिर २०७८, १५ : ४८
शनिबार, ११ मङ्सिर २०७८

 नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीहरूको समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली शुरु भएको आज चार वर्ष पुरा भएको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा उनले सामाजिक सुरक्षाको प्रत्याभूति गरी श्रम क्षेत्रका समस्या समाधान गर्दै असल श्रम सम्बन्ध विकास गर्ने हामी सवैको साझा लक्ष्य भएको बताए ।

ढकालले भन्नुभयो ‘सामाजिक सुरक्षा प्रणाली हाम्रो लागि नयाँ भएकोले यसको कार्यान्वयनमा केही व्यवहारिक कठिनाइहरु देखिएका र सूचिकरण प्रकृया सुस्त गतिमा रहेको भएपनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आजसम्म सूचीकृत प्रतिष्ठान र श्रमिकको संख्याबाट निराश हुनुपर्ने छैन ।’

नयाँ व्यवस्था लागु गर्दा केही समस्या आउने बताउँदै ढकालले त्यसबाट विचलित हुनु भन्दा प्राप्त गरेको अनुभव र सुरक्षा प्रणालीको कार्यान्वयनमा देखिएका चूनौतीहरुलाई मननन् गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सफलपूर्वक अघि वढाउन कोष सक्षम हुने विश्वास उहाँले व्यक्त गरे ।

उनले आजसम्म करिव १६ हजार प्रतिष्ठान र २ लाख ९५ हजार श्रमिकको सूचिकरण भई सकेको जानकारी पनि दिए । सूचीकृत श्रमिकहरुले सामाजिक सुरक्षा कोषवाट सुविधा पनि पाउन थालिसकेका जानकारी दिँदै वरिष्ठ उपाध्यक्ष ढकालले यस प्रणालीबारे अझै पनि धेरै भ्रम र वुझाईको कमी रहेकाले त्यो भ्रम हटाउनुपर्ने बताए ।

सामाजिक सुरक्षा प्रणाली लागू गर्दा विभिन्न व्यवहारिक कठिनाई आउने गरेको धेरै मुलुकको अनुभव रहेको उनले सुनाए । भने, ‘अहिले हामीकहाँ पनि केही समस्या छन्, हामी सवै सरोकारवालाहरुले त्यस्ता समस्याको उपयुक्त समाधान खोजी अघि वढनु पर्दछ भन्ने हाम्रो धारणा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप