सातामा ३७ अंकले घट्यो नेप्से

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७ अंकले घटेको छ । साताको पाँच कारोबार दिनमा परिसूचक ३७.३५ अंकले घटेर बन्द भएको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक २७ सय ६९ अंकमा थियो । जुन, यो साता घटेर २७ सय ३१ अंकमा आइपुगेको हो ।
साताका पाँच कारोबार दिनमध्ये तीन कारोबार दिन बजार ओरालो लागेको थियो । बाँकी दुई कारोबार दिनमा मात्रै नेप्से परिसूचक बढ्यो । सातामा सोमबार ७ अंक र बुधबार १ अंकले बजार बढ्नुबाहेक अन्य दिन सुधार आएन । आइतबार ११ अंक, मंगलबार ३२ अंक र बिहीबार नेप्सेमा ३ अंकको गिरावट आएको थियो ।
परिसूचक खुम्चेको सातामा कारोबार रकम पनि घटेको छ । यो साता दैनिक ४ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पाँच दिनमा कुल साढे २० अर्ब रुपैयाँ बराबरको कारोबार भएको हो । अघिल्लो साता दैनिक साढे ५ अर्ब रुपैयाँको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा १ करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता
-
बुढानिलकण्ठ नगरपालिका र डोल्पाका दुई पालिकाबीच शैक्षिक साझेदारी
-
नेपाल र भारतका कृषिमन्त्रीबिच समझदारी पत्रमा हस्ताक्षर
-
६८ हजार ६ सय ८३ घरमा निःशुल्क खानेपानीका नयाँ मिटर जडान
-
मोटरसाइकल ठोक्किएर सिराहामा दुई जनाको मृत्यु
-
सिजपले शिक्षकहरुलाई भन्यो - शैक्षिक हड्ताल फिर्ता लिई भर्ना अभियानमा लाग्नुस्