शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लो २४ घण्टाभित्रका विपद्का घटना : एक जनाको मृत्यु, २९ लाख बराबरको क्षति

शनिबार, ११ मङ्सिर २०७८, १३ : ५८
शनिबार, ११ मङ्सिर २०७८

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर घटेका विपद्का घटनाहरूको विवरण सार्वजनिक गरेको छ । प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा विपद्को घटनामा परी एक जनाको मृत्यु भएको छ भने २९ लाख ३७ हजार बराबरको क्षति भएको छ ।

मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित चिया बगानमा चिया टिपिरहेका ६० वर्षीय पुरुषको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो । 

यसैगरी, देशभर विभिन्न स्थानमा भएको आगलागीबाट धनमाल जलेर नष्ट हुँदा लाखौँको क्षति भएको प्राधिकरणले जनाएको छ । 


 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप