नाडा चुनाव : अध्यक्षका प्रत्यासी ध्रुव थापाको समूहले काभ्रेमा गर्यो छुट्टै भेला
नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको अध्यक्षको प्रत्यासी ध्रुवबहादुर थापा पक्षधर समूहले काभ्रेमा छलफल गरेको छ । समूहले यही मंसिर २३ र २४ गते हुने निर्वाचनको रणनीतिक तय गन भेला आयोजना गरेको हो ।
निर्वाचनसम्बन्धी आवश्यक रणनीति बनाउन छलफल गरिएको सो समूहको भनाई छ । ‘अब बनाउनुछ नाडा, सबै अटो मोवाइल व्यवसायीको साझा’ भन्ने मूल नाराका साथ सम्पन्न हुँदै गरेको सो निर्वाचनमा थापा अध्यक्ष पदको उम्मेदवार छन् ।
कार्यक्रममा आकाश गोल्छा, अमरज्योती रञ्जित, बी एन पाठक, दिपेन्द्रकुमार मिश्र, कपिल शिवाकोटी, नारायणप्रसाद पौडेल, नवराज भुसाल, निराकार श्रेष्ठ, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धी कार्की, सगुन कंसाकार, सञ्जयकुमार खेतान, शुभ आशिष थपलिया, यमुना श्रेष्ठ लगायतको सहभागिता थियो ।
कार्यक्रममा थापाले नाडामा देखिएका समस्या र त्यसका समाधानका उपायहरूमा लाग्ने बताउँदै आउँदै गरेको नाडाको चुनावका लागि आफ्ना प्रतिबद्धताहरू स्पष्ट पारेका छन् । उनले आफ्नो टिम समावेशी रहेको, नाडाको इतिहासमा पहिलो पटक काभ्रे कै चेली यमुना श्रेष्ठसमेत आफ्नो टिममा रहेको जानकारी दिँदै थापाले सानादेखि ठूला ब्यवसायी सबैको साथ आफुलाई रहेको बताए ।
नाडाको अगामी अध्यक्ष पदमा सीजी मोटर्सका करण चौधरी समेत प्रत्यासी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ