बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको गोदावरी नगरपालिका अध्यक्षमा धर्म सिंह कुँवर

शनिबार, ११ मङ्सिर २०७८, १३ : ४२
शनिबार, ११ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रको कैलालीको गोदावरी नगरपालिकाको अध्यक्षमा धर्म सिंह कुँवर निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रको प्रथम नगर सम्मेलनबाट कुँवर अध्यक्षमा निर्वाचित भएका हुन् ।  

त्यस्तै कमिटीको उपाध्यक्षमा तिलक चौधरी, दिनेश शाह, कमला कैनी चयन भएका छन्।  सचिवमा मदन कठायत, सह–सचिवमा तुलसी  जोशी, कोषाध्यक्षमा शेरबहादुर बिष्ट चयन भएको नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य उद्धव भटराईले रातोपाटीलाई जानकारी दिए । उनले ६५ सदस्यीय नगर कमिटी गठन गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप