काँग्रेस महाधिवेशन : बागमती प्रदेशका कान्छा प्रदेश अधिवेशन प्रतिनिधि बने सविन विश्वकर्मा
शनिबार, ११ मङ्सिर २०७८, १३ : १८

बागमती प्रदेश अन्तरगत रामेछापका गोकुलगंगा–४ बेतालीका २३ वर्षीय सविन विश्वकर्मा प्रदेश अधिवेशन प्रतिनिधि बनेका छन् । उनी बागमती प्रदेशका कान्छा प्रदेश अधिवेशन प्रतिनिधि हुन् ।
विश्वकर्मा दलित तर्फबाट उम्मेदवार बनेका थिए । उनले २३३ मत प्राप्त गरी प्रतिनिधि बनेका हुन् । उनी नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय छन् । शहिद स्मृति बहुमुखि क्याम्पस नेविसंघ इकाइ उपसभापति र कार्यबाहक सभापति चलाउँदै स्ववियु प्रत्यासी थिए । उनी २०७६ सालदेखि नेपाल दलित विद्यार्थी संघको केन्द्रीय सदस्य हुन् ।