शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन : बागमती प्रदेशका कान्छा प्रदेश अधिवेशन प्रतिनिधि बने सविन विश्वकर्मा

शनिबार, ११ मङ्सिर २०७८, १३ : १८
शनिबार, ११ मङ्सिर २०७८

बागमती प्रदेश अन्तरगत रामेछापका गोकुलगंगा–४ बेतालीका २३ वर्षीय सविन विश्वकर्मा प्रदेश अधिवेशन प्रतिनिधि बनेका छन् । उनी बागमती प्रदेशका कान्छा प्रदेश अधिवेशन प्रतिनिधि हुन् । 

विश्वकर्मा दलित तर्फबाट उम्मेदवार बनेका थिए । उनले २३३ मत प्राप्त गरी प्रतिनिधि बनेका हुन् ।  उनी नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय छन् । शहिद स्मृति बहुमुखि क्याम्पस नेविसंघ इकाइ उपसभापति र कार्यबाहक सभापति चलाउँदै स्ववियु प्रत्यासी थिए । उनी २०७६ सालदेखि नेपाल दलित विद्यार्थी संघको केन्द्रीय सदस्य हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप