बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

किन ढिला भयो एमालेको बन्दसत्र ?

शनिबार, ११ मङ्सिर २०७८, १३ : ०५
शनिबार, ११ मङ्सिर २०७८

एमालेको बन्द सत्र सुरु हुन ढिलाइ भएको छ । बिहान १० बजेको लागि तय भएको बन्दसत्र १ बज्दासम्म सुरु हुन नसकेको हो । एमालेमा सहमतिको प्रयास भैरहेको र सहमति नजुट्दा बन्द सत्र सुरु हुन नसकेको हो । 
एमालेमा मूलतः भीम रावलको उम्मेदवारीले सहमतिमा बाधा भएको दाबी गरिएको छ । नेता अग्नि खरेलले रावललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। 

अन्य पदमा पनि आकांक्षी धेरै हुँदा सहमति गर्न सकस भएको स्रोतले बताएको छ ।  बन्द सत्र होटल ८ स्टारमा हुने जनाइएको छ । ओली बसेको सफारी पार्कमा सहमति जुटाउन प्रयास जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप