कोरोनाको नयाँ भेरियन्ट भेटिएसँगै कच्चा पेट्रोलियम पदार्थको मूल्यमा पहिरो

सन् २०२० अप्रिलदेखि निरन्तर उकालो लाग्दै आएको कच्चा तेलको मूल्य एकै दिन १० प्रतिशतभन्दा बढीले घटेको छ । सन् २०२० को अप्रिलमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २१ अमेरिकी डलर थियो । सन् २०१९ को डिसेम्बरमा प्रति ब्यारेल ६५ डलरमा कारोबार भइरहेको कच्चा तेलको मूल्य कोरोना महामारीका कारण २०२० अप्रिलसम्ममा आइपुग्दा २१ डलरमा झरेको थियो ।
कोरोना भाइरस महामारीका कारण विश्वभरका देश कडा लकडाउनमा गएपछि सार्वजनिक र निजी सवारी साधनको आवागमनमा पूर्ण प्रतिबन्ध लागेको थियो । यस्तै, उक्त समयमा अन्तर्राष्ट्रिय हवाई उडान समेत रोकिएको थियो । हवाई र सडक सवारी नचलेपछि विश्वमा तेलको माग एकाएक गिरावट आयो र मूल्य पनि ह्वात्तै घट्यो । तर, कोभिड–१९ महामारी घट्दै जाँदा विश्व बजारमा तेलको माग पनि बढ्न थाल्यो र मूल्य अनियन्त्रित रुपमा उकालो लाग्यो ।
सन् २०२१ को नोभेम्बर २४ सम्म आइपुग्दा निरन्तर बढेर कच्चा तेलको मूल्य प्रति ब्यारेल ८५ डलरसम्म पुगेको थियो । यस्तै, नोभेम्बर २५ मा केही घटेर प्रति ब्यारेल ८३ डलर कायम भएको कच्चा तेलको मूल्य आज नोभेम्बर २७ मा प्रति ब्यारेल ७२ अमेरिकी डलर कायम भएको छ ।
खासगरी, दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएसँगै तेलको मूल्यमा व्यापार गिरावट आएको हो । ‘ओमिक्रोन’ रोक्न भन्दै यूरोप र एसियाका देशहरुले नयाँ प्रतिबन्ध घोषणा गरेपछि तेलको मूल्य घटेको अमेरिकी समाचार संस्था सिएनएनले उल्लेख गरेको छ ।
हालसम्म भेटिएका सबै प्रकारका कोरोनाका नयाँ भेरियन्ट मध्येको सबैभन्दा जोखिमपूर्ण यो भाइरसको संक्रमण र पुनः संक्रमण दर बढी रहेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । कोरोनाको नयाँ भेरियन्ट दक्षिण अफ्रिकासँगै बेल्जियम, इजरायल, हङकङ र बोत्सनामा समेत भेटिइसकेको छ ।
ओमिक्रोन भेटिएपछि युरोपियन युनियन, बेलायत र अमेरिकाले समेत दक्षिण अफ्रिका र अन्य देशबाट हुने हवाई उडानमा प्रतिबन्धको घोषणा गरेका छन् । यात्रा प्रतिबन्ध लागेसँगै तेलको माग घट्दा मूल्य समेत घटेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक