शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बौद्ध विश्वविद्यालय दिवसमा त्रियान प्रज्ञा सम्मेलन हुने

शनिबार, ११ मङ्सिर २०७८, १२ : ०८
शनिबार, ११ मङ्सिर २०७८

लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रथम त्रियान प्रज्ञा सम्मेलन गर्ने भएको छ । १७ औं विश्वविद्यालय दिवसको अवसरमा बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्धतिमा केन्द्रीत रहेर त्रियान सम्मेलन गर्न लागिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले नेपालमा अभ्यास भइरहेका बौद्ध दर्शनका तीन बाटोहरुको संस्कृतिलाई समृद्धिसँग कसरी जोडेर लैजान सकिन्छ भन्ने विषयमा सम्मेलन गर्न लागिएको जानकारी दिए ।

त्रियान प्रज्ञा सम्मेलनमा थेरवाद, महायान र बज्रयानको संस्कृति र सृमद्धि विषयमा ६ जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी समेत आउने जनाइएको छ । राष्ट्रपतिले केन्द्रीय पुस्तकालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ९ करोड २० लाखको लागतमा विश्वविद्यालयले केन्द्रीय पुस्तकालय निर्माण गरेको छ ।

विश्वविद्यालयका सूचना अधिकृत चुरामणि पोखरेलकाअनुसार तीनतले पुस्तकालय भवनमा बैठक कक्ष, इ लाइब्रेरी, पुस्तक कक्ष, आइटी रुम, भिडियो कन्फ्रेन्स रुम र ५०० क्षमताको सभाहल रहेका छन् । राष्ट्रपतिले विश्वविद्यालयले प्रकाशन गरेका ६ वटा पुस्तक लोकार्पाण गर्ने कार्यक्रम समेत रहेको छ ।

त्यस्तै बुद्ध मूर्तिको अनावरण र सम्मान कार्यक्रम समेत राखिएको छ । सो विश्वविद्यालयमा बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिकशास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय अन्तर्गतका विभिन्न विषयमा अध्ययन–अध्यापन भैरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप