बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साँस्कृतिक सम्पदाको संरक्षण गर्न सबै गम्भिर बन्नुपर्छ : विज्ञ

शनिबार, ११ मङ्सिर २०७८, ११ : ३८
शनिबार, ११ मङ्सिर २०७८

दीगो पर्यटन विकासका सांस्कृतिक सम्पदाहरूको संरक्षण, सम्बर्द्धन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । विकासका नाममा कतिपय सम्पदा र संस्कृतिको संरक्षण हुन नसकेको भन्दै विज्ञहरुले यसको लागि सरोकारवाला सबै गम्भिर बन्नुपर्ने बताएका छन् ।

नेदरल्यान्डको इरासमस युनिभर्सिटी अन्तर्गत इन्स्टिच्युट फर हाउजिङ्ग इण्ड अर्बान डेभलपमेन्ट स्टडिज र युएन ह्याविट्याट नेपालको आयोजनामा सञ्चालित १५ दिने दिगो सांस्कृतिक सम्पदा तथा हरित बृद्धि सम्बन्धि भर्चुअल तालिम समापनका अवसरमा विज्ञहरुले सो कुरामा जोड दिएका हुन् ।

तालिम समापनको अवसरमा पर्यटन बोर्डका निर्देशक हिक्मतसिंह ऐरले नेपाल प्रकृति, संस्कृति र साहसिक गरी तिनै खालको पर्यटकीय गतिविधिका लागि उपयुक्त स्थान रहेको उल्लेख गर्दै त्यसमा पनि नेपालको पर्यटनमा साँस्कृतिक सम्पदाहरूको विशिष्ट महत्व रहेको बताए ।

उनले दिगो पर्यटनका यस्ता सम्पदाहरूको संरक्षण आवश्यक रहेको बताउँदै दिगो पर्यटनका लागि पर्यटन बोर्डले समेत दिगो पर्यटन सञ्जाल निर्माण गरि काम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा तालिमका मुख्य स्रोत व्यक्ति मार्जरी भन स्टेइनले नेपाल जस्तो सांस्कृतिक सम्पदामा धनी देशले यी सम्पदा संरक्षणमा उचित ध्यान दिन आग्रह गरे । उनले तालिममा पनि सरकोकारवालाहरुकै सहभागिता रहेकोले त्यसतर्फ थप काम हुने आशा गरेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप