लालबाबु पण्डित भन्छन्– सहमति भए त्याग गर्न तयार छु
उपाध्यक्ष पदमा दाबी गर्दै आएका एमाले नेता लालबाबु पण्डितले १० औं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका छन् । सहमतिमै केन्द्रीय नेतृत्व चयन गर्न केन्द्रीय कमिटी सदस्य र पदाधिकारीको संख्या बढाइएको भन्दै पण्डितले सहमतिमा नेतृत्व चयन हुने हो भने आफू यही पदमा हुनुपर्छ भनेर उभिने पक्षमा नरहेको बताए ।
बन्द सत्र स्थलमा प्रतिनिधिहरुले सहमतिमा नेतृत्व चयन गर्न नाराबाजी गरिरहेका वेला पण्डितले सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका हुन् । प्रचार विभाग उपप्रमुख सूर्य थापाले अध्यक्ष केपी ओली सर्वसम्मतको प्रयासमा रहेको भन्दै उम्मेदवारी दर्ता गर्न हतार नगर्न आग्रह गरेका छन् । उनले नेतृत्व र नेताहरू सर्वसम्मत नेतृत्व चयनको गृहकार्यमा जुटेको भन्दै उम्मेदवारी दिन हतार नगर्न आग्रह गरेका हुन् ।
अर्की नेतृ गंगा चौधरीले पनि आफूसहित सबैजसो प्रतिनिधि सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध
-
पार्टी प्रवेश गर्नेलाई माओवादीले छाडेको पार्टीमै भएको पद दिने !