बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भीम रावल भन्छन् : एक मत आएपनि चुनाव लड्छु

शनिबार, ११ मङ्सिर २०७८, १० : ५९
शनिबार, ११ मङ्सिर २०७८

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् ।  उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताए । होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ । 

पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासस्वरुप एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै बन्द सत्रमा प्रस्ताव पेस गर्दैछ । तर रावलले भने आफू उम्मेदवारीबाट पछि हटिनसकेको बताएका छन् । उनले निकटस्थहरूसँग आफूले सात सय मत ल्याउने बताइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप