ad
x

बैतडी काँग्रेस : अन्तिम मत परिणाम सार्वजनिक

person explore access_timeमंसिर ११, २०७८ chat_bubble_outline0

नेपाली काँग्रेस बैतडीका सबै पदको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यसअघि जिल्ला कार्यसमिति पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरूको मतगणना सम्पन्न भएकोमा शुक्रबार राति जिल्ला सदस्यहरूको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । 


मतदान प्रक्रियाबाट चयन भएका बैतडीका ४० जना जिल्ला सदस्यहरूको नामावली सार्वजनिक भएको सहायक जिल्ला निर्वाचन अधिकृत बिष्णु अवस्थीले बताए । जिल्ला कार्यसमिति सदस्य पदमा गीता जोशी, देवेन्द्रबहादुर ऐर, करनसिंह कठायत, चक्रबहादुर चन्द, राजु ऐरी (बोहरा), अमरबहादुर धानुक, निराजनप्रसाद भट्ट, बागमति ऐर (निर्विरोध), कृष्णसिंह धामी तथा देवकी धामी चयन भएका छन् । 



यसैगरी जयबहादुर कुँवर, मञ्जु बोहरा, चक्रप्रसाद शर्मा, रमेशबहादुर बोहरा, बेलु क्षेत्री, ताराकुमारी भट्ट, बसन्ती कार्की, नरेन्द्र चन्द, मञ्जु चन्द, श्रवणकुमार ठगुन्ना, निर्मला विष्ट (ठगुन्ना), राजेन्द्रसिंह कार्की, झापु महता, राजेन्द्रप्रसाद कलौनी, अमर बोहरा, उद्धवसिंह ढांट, कर्णबहादुर राना, केदारनाथ अवस्थी, केशवराज जोशी, छविराज जोशी, जयदेव भट्ट, हिरेन्द्रबहादुर बम, अम्बिका अवस्थी, कलावती बिष्ट, कृष्णा चन्द, तुलसी ठगुन्ना, धनमती चन्द, निर्मला चन्द, बिमला औजी र विमला महर निर्वाचित भएका छन् । पार्टीको जिल्ला सदस्यमा समेत सभापति चतुरबहादुर चन्द प्यानलकै व्यक्तिहरू विजयी भएका छन् । 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X