शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस स्याङजा सभापतिमा थापा निर्वाचित

शनिबार, ११ मङ्सिर २०७८, १० : ३९
शनिबार, ११ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत स्याङजा सभापतिमा राजु थापा निर्वाचित भएका छन् । थापाले १११७ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी भागवत प्रकाश मल्लले १०८५ मत ल्याएका छन् । सभापतिमा थापा ३२ मत बढी ल्याएर निर्वाचित भएका हुन् । 

स्याङजामा २२५७ मतदाता रहेमा सभापतिको निर्वाचनमा २ हजार २१८ मत खसेको थियो । थापा काँग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठ इतरको प्यानलबाट निर्वाचन लडेका थिए । यसअघि नेता श्रेष्ठ निकट रहेका थापाले हालको काँग्रेसको अधिवेशनमा तेस्रो धार बनाएर अगाडि बढेका थिए । सभापतिमा निर्वाचित थापा काँग्रेस नेता शेखर कोइराला निकटका रुपमा चिनिन्छन् । 

त्यसैगरी पराजित भएका मल्ललाई नेता गोपालमानको समर्थन रहेको थियो । सभापति बनेका थापा संविधानसभा सदस्य हुन् भने मल्ल स्याङ्जा–२ को ‘ख’ बाट प्रदेशसभामा निर्वाचित सांसद हुन् । प्यानल सहित चुनावी मैदानमा उत्रिएका थापा र मल्ल बीच कडा प्रतिस्पर्धा भएको थियो । त्यस्तै उपसभापति, सचिव र सहसचिवमा दुवै पक्षका एक÷एक जना निर्वाचित भएका छन् ।

थापा पक्षका केदार काफ्ले १३७० मत र मल्ल पक्षका शेरबहादुर थापा ८९३ मत ल्याई विजयी भएका छन् । त्यस्तै सचिवमा थापा पक्षका गुरुप्रसाद भट्टराई १२९२ र मल्ल पक्षका दामोदर लम्साल ९३४ मत ल्याइ विजयी भएका छन् ।
त्यस्तै सहसचिवमा ध्रुवबन्धु पौडेल ११५८ मत र पृथ्वीप्रसाद पोख्रेल ९३९ मत ल्याई निर्वाचित भएका छन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप