मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा फेरि पनि थापा र कवेबीच सभापतिका लागि प्रतिस्पर्धा

शनिबार, ११ मङ्सिर २०७८, १० : ३२
शनिबार, ११ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ ।  भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको छ । १३ औं महाधिवेशनमा पनि थापा र कवेबीच प्रतिस्पर्धा भएको थियो । संस्थापन पक्षका थापाले प्रकाशमान सिंह निकट कवेलाई पराजित गरेका थिए । 

वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा संस्थापन र इतर पक्षको बराबरी प्रतिनिधि चयन भएका छन् । 

महाधिवेशन प्रतिनिधिमा पनि दुवै पक्षका बराबरीजसो निर्वाचित भएकाले सभापतिमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप