मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

षडानन्द पुरस्कारको घोषणा

शनिबार, ११ मङ्सिर २०७८, ०८ : ५१
शनिबार, ११ मङ्सिर २०७८

यस वर्षको षडानन्द राष्ट्रिय र क्षेत्रीय पुरस्कार तथा छात्रवृत्तिको घोषणा भएको छ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठाद्वारा २०७८ सालको षडानन्द राष्ट्रिय र क्षेत्रीय पुरस्कार तथा षडानन्द छात्रवृत्तिको घोषणा भएको जानकारी दिएको हो  । 

यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार वैदिक संस्कृति संरक्षण र संवद्र्धनमा विशिष्ट योगदान गरेबापत गलेश्वर आश्रम देवघाट, तनहुँलाई प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ । आबाल ब्रह्मचारी षडानन्द अधिकारी (१८९२–१९७३) को स्मृतिमा स्थापना गरिएको यस पुरस्कारको राशि एक लाख (१,००,०००) रुपियाँ र सम्मान पत्र रहेको छ ।

यसैगरी शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत कनकाई नगरपालिका सुरुङ्गा, झापामा बसेर साहित्य र शिक्षाका क्षेत्रमा विशिष्ट योगदान पुर्यउने साहित्यकार कोमलप्रसाद पोखरेललाई ‘षडानन्द क्षेत्रीय पुरस्कार’ प्रदान गरिएको छ । भोजपुर दिङ्लाका डण्डपाणि तथा युवा कुमारी चापागाईंको स्मृतिमा स्थापना गरिएको यो पुरस्कारको राशि ३५ हजार रुपियाँ र सम्मान पत्र रहेको छ ।  

त्यस्तै, ‘षडानन्द उच्च माध्यमिक विद्यालय छात्रवृत्ति’ दिङ्ला, भोजपुरका कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुमध्ये उत्कृष्ट नतिजा हासिल गर्ने छात्रा मिलापमा राई र छात्र प्रशिक गौतम प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशि जनही ५,००० रुपियाँ रहेको छ । 

यसैगरी ‘षडानन्द संस्कृत छात्रवृत्ति’ कक्षा ६ का अनमोल गौतम, सुमन चर्मकार, सीताराम श्रेष्ठ, हेमकुमार बिसुङ्खे, जीवन विष्ट र राजेश सुनुवारलाई; कक्षा ७ का जितेन्द्र कट्टेल, निकिता कटुवाल, यमुना दर्जी, सुदीप दर्जी, सरिता चर्मकार, प्रतीक्षा भुजेल, सुरज गिरी, निकेश भट्टराई, सोनाम तामाङ, पवन मगर, बालकुमार मगर, लेखबहादुर मगर, शोभा तामाङ र भीम कुमारी भुजेल तथा कक्षा ८ का प्रशान्त चापागाईं, बेबिना भट्ट, अस्मिता खतिवडा, शेषराज पौडेल, विकास कुइँकेल, विपन त्रिताललाई प्रदान गर्ने निर्णय भएको छ । यो छात्रवृत्तिको राशि २००० रुपियाँ रहेको छ । यी पुरस्कारहरु ब्रह्मचारी षडानन्दको १८७औँ जन्म जयन्तीका अवसरमा २०७८ मङ्सिर २२ गते प्रदान गरिने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप