शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल पक्षीय बाेहरा काँग्रेस दार्चुला सभापतिमा पुन: निर्वाचित

शनिबार, ११ मङ्सिर २०७८, ०८ : ५०
शनिबार, ११ मङ्सिर २०७८

बिरादत्त भट्ट

नेपाली काँग्रेस दार्चुला सभापतिमा ललितसिंह बोहरा विजयी भएका छन् । काँग्रेसको सातौँ जिल्ला अधिवेशनमा अमरसिंह धामीलाई ३ सय ११ मतान्तरले पराजित गर्दै बोहरा सभापतिमा विजयी भएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेता बाेहरा दाेस्राे पटक जिल्ला सभापति बनेका हुन् । कुल ९ सय ५६ मत खसेकाेमा बोहराले ६ सय २० मत प्राप्त गरेका छन् भने धामीले ३ सय ९ मतमा चित्त बुझाए । २७ मत बदर भएको छ ।

उपसभापति ललितसिंह ठगुन्ना र महादेव बडु 'कस्यप', सचिवमा पुलेन्द्रबहादुर कार्की र माधवराज भट्ट निर्वाचित भएका छन् ।  सहसचिवमा राजु अवस्थी र  राजेन्द्रप्रसाद जोशी विजयी भएका छन् ।द सदस्यमा इन्द्रसिंह डाँगा, कृष्णसिंह बोहरा, तुङ्गध्वजसिंह बोहरा, धनराज जोशी, नरबहादुर बम, मानसिंह धामी, शेरसिंह धामी, नवीन चन्द, बहादुरसिंह खत्री, अमरबहादुर विष्ट, गंगादत्त जोशी र दानी गिरी निर्वाचित भएका छन् । 

काँग्रेस दार्चुलाको ४२ सदस्यीय कार्यसमितिका लागि ६९ जनाले मनोनयन दर्ता गराएका थिए । जसमध्ये २२ पदमा निर्विरोध भए भने १९ पदका लागि निर्वाचन भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप