मंगलम पाइप्सले गोलगढमा गर्यो सरसफाइ
नेपालको पहिलो सीपीभीसी पाइप्स् र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । गत मंसिर ४ गते शनिबार बिहान ७ बजेदेखि ९ः३० बजेसम्म मंगलम् पाइप्स र गोलगढ टोल सुधार समितिको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।
“सफा, सुन्दर र हराभरा सहर, हामी सबैको रहर” नाराका साथ सम्पन्न गरिएको कार्यक्रममा लगभग ७५ जनाको सहभागिता रहेको थियो । उक्त क्षेत्रमा मंगलम् पाइप्स्को यो पहिलो सरसफाइ कार्यक्रम भएतापनि वातावरण संरक्षण र संवर्धनको कुरामा भने कम्पनी पहिलेदेखि नै अग्रसर रहेको थियो । मङ्गलम पाइप्सले निकै लामो समयदेखि विभिन्न ठाउँहरुमा हात धुनको लागि धारा एवम् फोहोर फाल्ने ठाउँहरू व्यवस्थापन गर्नको लागि डस्ट्बिनको स्थापना गर्दै आइरहेको छ । यो शुरुवात मात्र भएको र भविष्यमा यस्तो कार्यक्रम आयोजना गर्दै जाने कम्पनीले जानकारी गराएको छ । फिटिङ्स् उत्पादक तथा नेपालबाट बाहिरी देशमा सबैभन्दा बढी पोलिमर पाइपिङ प्रणाली निर्यात समेत गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल