शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मधुमेहदेखि क्यान्सरसम्म, तौल बढी भएका व्यक्तिहरुमा ५ रोगको खतरा धेरै

शनिबार, ११ मङ्सिर २०७८, ०८ : ३८
शनिबार, ११ मङ्सिर २०७८

हरेक वर्षको नोबेम्बर २६ लाई ‘एन्टि–ओबेसिटी डे’ को रुपमा मनाउने गरिन्छ । यो दिनको विशेष उद्देश्य तौल धेरै भएका व्यक्तिहरुमा हुने रोगको खतराका विषयमा जागरुक गर्नु हो । जीवनशैली, खानपान, दैनिक व्यायाममा ध्यान नदिँदा मानिसहरु अत्यधिक तौल बढाइरहेका हुन्छन् । यसरी तौल बढ्दा शरीरमा धेरै प्रकारका घातक रोगहरु लाग्ने सम्भावना हुन्छ । 

कोरोनरी धमनी
इस्केमिक स्ट्रोक र कोरोनरी धमनीसम्बन्धी रोगहरु खतरनाक हुन्छ । यसको मुख्य कारण मोटोपन नै हो । यसमा फ्याट र कोलेस्ट्रोल धमनीहरुको भित्र जम्मा हुन थाल्छ जसको कारण स्ट्रोकको खतरा बढी हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार मोटोपनका कारण उच्च रक्तचाप, कोलेस्ट्रोल र मुटुसम्बन्धी रोगहरु लाग्ने सम्भावना बढी हुन्छ । 

टाइप २ मधुमेह 
टाइप २ मधुमेह भएका व्यक्तिहरुको तौल धेरै हुन्छ । विशेषज्ञका अनुसार तौल कम गरेर, सन्तुलित खानेकुरा खाने, पर्याप्त निन्द्रा लिँदा र पर्याप्त व्यायाम गर्दा टाइप २ मधुमेहको सम्भावना कम हुन्छ ।

गाल ब्लाडरको रोग 
स्वास्थ्य विशेषज्ञका अनुसार मोटोपना भएका व्यक्तिहरुमा गाल ब्लाडरको रोग हुने, पथ्थरी हुने आदि खतरा धेरै हुन्छ । यस्तो अवस्थामा विस्तारै तौल घटाउने प्रयास गर्नुपर्छ । 

आस्टियोआर्थराइटिस 
आस्टियोआर्थराइटिसमा घुँडा, कम्मरभन्दा तलको भाग र पिठ्युँमा धेरै असर पार्छ । मोटोपनको कारण जोर्नीमा धेरै दबाव पर्छ जसको कारण हड्डीहरु कमजोर हुनजान्छ । तौल कम गर्दा घुँडा, पिठ्युँको तल्लो भागमा दबाब कम पर्छ । जसले यो रोगबाट बचाउन सक्छ ।

स्लीप एपनिया 
स्लीप एपनिया एउटा रोग हो । जुन सीधा मोटोपनसँग जोडिएको हुन्छ । यसको कारण ठूलो ठूलो आवाजमा घुर्नु हो । सुतेको समयमा मानिसहरु राम्रोसँग सास फेर्न सक्दैनन् । यस रोगमा मानिसहरुमा निदाएको समयमा हृदयघात र स्ट्रोकको सम्भावना धेरै हुन्छ ।

अन्य रोगहरु
मोटोपनका कारण छाती पोल्ने, कलेजोमा समस्या आउने आदि समस्या हुन्छ । विशेषज्ञका अनुसार केही क्यान्सर   धेरै मोटोपना भएका व्यक्तिमा हुने गर्छ । यसका साथै, मोटोपनले प्रजनन् क्षमतामा पनि असर पार्छ । अध्ययनमा महिलाहरुमा बाँझोपना पनि आउन सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप