बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बंगलादेशको न्यून चापीय प्रणालीको नेपालमा प्रभाव :  हिमपातको सम्भावना

शनिबार, ११ मङ्सिर २०७८, ०६ : ४९
शनिबार, ११ मङ्सिर २०७८

नेपालको पूर्वी भू-भागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही अन्य पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ। तराईका भू-भागमा तुवाँलो लागेको छ।

शनिबार प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरूमा  आंशिक देखी सामान्य बदली  र अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार पनि प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरूमा  आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यता प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरूमा  आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप