पदाधिकारी र सदस्यहरूको संख्या थप्ने ओलीको प्रस्ताव सर्वसम्मत रुपमा पारित
पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको पदाधिकारी र सदस्यहरूको संख्या थप्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । एमाले नेता शेरबहादुर तामाङका अनुसार ओलीले पार्टी एकतामा विशेष जोड दिँदै बैठकमा सो प्रस्ताव राखेका थिए ।
हाल कायम रहेको केन्द्रीय समितिको अन्तिम बैठकमा ओलीले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने प्रस्ताव गरेका थिए । विधान महाधिवेशनले पारित गरेको विधानमा केन्द्रीय सदस्यको संख्या २२५ रहने उल्लेख थियो । त्यस्तै विधान बाट हटाइएको पाेलिटब्युरोलाई ब्युँताएर ९९ सदस्यीय बनाउने ओलीले प्रस्ताव गरेका थिए ।
बैठकमा ओलीले पदाधिकारीको सङ्ख्या थप गर्ने प्रस्ताव पनि गरेका थिए । अध्यक्ष ओलीको प्रस्ताव अनुसार पदाधिकारीको सङ्ख्या १५ बाट थपेर १९ पुर्याउने भनिएको छ । यसमा उपाध्यक्ष र उपमहासचिवमा २-२ जना थप्ने भनिएको छ । नयाँ प्रस्तावअनुसार उपाध्यक्ष र उपमहासचिवको सङ्ख्या ७ र ३ पुग्नेछ । नयाँ विधानअनुसार एमालेमा ५ उपाध्यक्ष र १ उपमहासचिव रहने व्यवस्था थियो । स्थायी समिति भने ४५ सदस्यीय यथावत राखिएको छ । यता आयोगहरू २५ सदस्यीय र प्रदेश र जिल्लाको आधार संख्या ७५ बनाउने प्रस्ताव गरिएको थियो ।
१० औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाउने भनेर उद्घोष गरेको नेकपा एमालेलाई नेताहरुको व्यवस्थापनमा भने सकस देखिएको छ । यसपटक प्यानल बनाएर चुनाव लड्ने नदेखिएपनि निर्धारित पदभन्दा पनि बढी आकांक्षी देखिएपछि उनीहरुको व्यवस्थापनमा सकस देखिएको हो । सबै पदमा आकांक्षीहरु धेरै देखिएपछि पार्टीमा विधान संशोधनको तयारी गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण