शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पदाधिकारीको सङ्ख्या १५ बाट १९ पुर्‍याउने प्रस्ताव

शुक्रबार, १० मङ्सिर २०७८, २३ : ५९
शुक्रबार, १० मङ्सिर २०७८

नेकपा एमालेमा पदाधिकारीको सङ्ख्या थप गर्ने प्रस्ताव गरिएको छ । निर्धारित पदभन्दा बढी आकाङ्क्षी देखिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा सो प्रस्ताव गरेका हुन् ।

अध्यक्ष ओलीको प्रस्ताव अनुसार पदाधिकारीको सङ्ख्या १५ बाट थपेर १९ पुर्‍याउने भनिएको छ । यसमा उपाध्यक्ष र उपमहासचिवमा २-२ जना थप्ने भनिएको छ । नयाँ प्रस्तावअनुसार उपाध्यक्ष र उपमहासचिवको सङ्ख्या ७ र ३ पुग्नेछ । नयाँ विधानअनुसार एमालेमा ५ उपाध्यक्ष र १ उपमहासचिव रहने व्यवस्था थियो ।

अध्यक्ष ओलीले हाल कायम रहेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै केन्द्रीय कमिटी र स्थायी कमिटीको संख्या थप्नुका साथै पोलिटब्युरो पनि ब्युँताउने बताएका छन् । बैठकमा अध्यक्ष ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेका हुन् । विधान महाधिवेशनले पारित गरेको विधानमा केन्द्रीय सदस्यको संख्या २२५ रहने उल्लेख थियो । त्यस्तै स्थायी कमिटीको संख्या पनि ४५ पुर्‍याउने ओलीले प्रस्ताव गरेका छन् । एमालेको नयाँ विधान अनुसार पोलिटब्युरोको व्यवस्था छैन । तर, नेताहरुको व्यवस्थापनका लागि त्यसलाई पनि ब्युँताउने प्रस्ताव बैठकमा ओलीले राखेका छन् । पोलिटब्युराेको संख्या केन्द्रीय कमिटको एक तिहाइ हुने भनिएको छ । १० औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाउने भनेर उद्घोष गरेको नेकपा एमालेलाई नेताहरुको व्यवस्थापनमा भने सकस देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप