शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको विधानमा व्यापक संशोधनको तयारी

३०१ जनाको केन्द्रीय कमिटी बनाउन सकिन्छ : ओली
शुक्रबार, १० मङ्सिर २०७८, ०२ : ००
शुक्रबार, १० मङ्सिर २०७८

नेकपा एमालेको विधानमा ब्यापक संशोधनको तयारी गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले हाल कायम रहेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै केन्द्रीय कमिटी र स्थायी कमिटीको संख्या थप्नुका साथै पोलिटब्युरो पनि ब्युँताउने बताएका हुन् ।

बैठकमा अध्यक्ष ओलीले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेका हुन् । विधान महाधिवेशनले पारित गरेको विधानमा केन्द्रीय सदस्यको संख्या २२५ रहने उल्लेख थियो । त्यस्तै स्थायी कमिटीको संख्या पनि ४५ पुर्‍याउने ओलीले प्रस्ताव गरेका छन् । पदाधिकारीको संख्या पनि १५ बाट १९ पुर्‍याउने प्रस्ताव गरिएको छ ।

एमालेको नयाँ विधान अनुसार पोलिटब्युरोको व्यवस्था छैन । तर, नेताहरुको व्यवस्थापनका लागि त्यसलाई पनि ब्युँताउने प्रस्ताव बैठकमा ओलीले राखेका छन् । पोलिटब्युराेको संख्या केन्द्रीय कमिटको एक तिहाइ हुने भनिएको छ ।

१० औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाउने भनेर उद्घोष गरेको नेकपा एमालेलाई नेताहरुको व्यवस्थापनमा भने सकस देखिएको छ । यसपटक प्यानल बनाएर चुनाव लड्ने नदेखिएपनि निर्धारित पदभन्दा पनि बढी आकांक्षी देखिएपछि उनीहरुको व्यवस्थापनमा सकस देखिएको हो । सबै पदमा आकांक्षीहरु धेरै देखिएपछि पार्टीमा विधान संशोधन गर्ने तयारी गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप