आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन : केन्द्रीय सदस्य र पदाधिकारी थप्ने, पोलिटब्युरो ब्युँताउने तयारी

शुक्रबार, १० मङ्सिर २०७८, ०२ : ००
शुक्रबार, १० मङ्सिर २०७८

१० औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाउने भनेर उद्घोष गरेको नेकपा एमालेलाई नेताहरुको व्यवस्थापनमा भने सकस देखिएको छ । यसपटक प्यानल बनाएर चुनाव लड्ने नदेखिएपनि निर्धारित पदभन्दा पनि बढी आकांक्षी देखिएपछि उनीहरुको व्यवस्थापनमा सकस देखिएको हो । सबै पदमा आकांक्षीहरु धेरै देखिएपछि पार्टीमा विधान संशोधनबारे नै छलफल गर्ने तयारी गरिएको छ । एमाले नेता गोकर्ण विष्टले यस विषयमा आज बस्ने बैठकमा छलफल हुन सक्ने बताए । 

त्यस्तै नेताहरु व्यवस्थापनका लागि पोलिटब्युरो र केन्द्रीय सदस्य र पदाधिकारी पनि थप्ने तयारी गरिएको छ । केन्द्रीय सदस्यहरुको संख्यालाई २९९ पुर्‍याउनुका साथै ७ जना पदाधिकारी थप्ने र हाल हटाइएको पोलिटब्युरोलाई ब्युँताउने तयारी गरिएको बताइएको छ ।

यता ट्राफिक जामका कारण नेताहरु आउन ढिला भएपछि शुक्रबार साँझ बस्ने भनिएको एमाले केन्द्रीय कमिटी बैठक अझै सुरु हुन सकेको छैन । आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गर्ने र सीसीएमको अन्तिम बैठक समापन गर्ने कार्यसूची छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप