बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा विश्व टेनिस प्रतियोगिता हुने

शुक्रबार, १० मङ्सिर २०७८, २२ : १८
शुक्रबार, १० मङ्सिर २०७८

पोखरामा विश्व टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा १४ वर्ष माथि १८ वर्षमुनिका खेलाडीबीच आईटिएफ विश्व टेनिस टुर जे ५ प्रतियोगिता हुने भएको हो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शनिबार र आइतबार खेलाडी छनौट गरेर सोमबारबाट मुख्य प्रतिस्पर्धी खेल खेलाइने आइटिएफ टेक्निकल चिफ (डाइरेक्टर) अजय विष्टले जानकारी दिए । उनका अनुसार पोखरा रंगशालाको टेनिस कोर्टमा आयोजना हुने प्रतियोगितामा नेपालसहित ९ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता नेपाली, अमेरिका, भारत, हङ्गेरी, स्वीडेन, डेनमार्क, व्राजिल, क्यानडा, इजरायल लगायतका देशका ११९ जना खेलाडीले सहभागी हुनेछन् । प्रतियोगिताले टेनिस खेलाडीको विश्व बरियता तलमाथि बनाउने भएकाले खेलाडीका लागि महत्वपूर्ण रहेको विष्टले बताए । 

मुख्य प्रतियोगिताका लागि पुरुष र महिला गरी ६४ जना खेलाडी छनोट हुने छन् । त्यसमध्ये चार जनाले वाइल्ड कार्डमार्फत प्रतियोगिता खेल्न छन् । नेपालबाट चार महिला र चार पुरुषले वाइल्कार्ड प्राप्त गर्ने छन् । 

क्वालिफाइङ राउण्डबाट छानिदैं सोमबारबाट शुरु हुने दोश्रो चरणको खेलमा ब्वाइज र गल्र्सतर्फ ६–६ खेलाडी छनोट हुनेछन् । दोश्रो चरणका लागि भने र्याङकिङका २२ जना र वाइल्ड कार्डबाट छानिएका ४/४ जना ब्वाइज र गल्र्सतर्फ गरी ३२–३२ जना खेलाडी भिड्ने छन् ।

प्रतियोगितामा नेपालबाट पुरुषमा निहाल जङ्गबहादुर राणा, किशान गुरुङ, गिर्वाण जङ्ग थापा र सौगात विकले सहभागी हुने छन् । त्यसैगरी महिलातर्फ श्रेया भट्टराई र रोमिका वुद्धाचार्यले प्रतिस्पर्धा गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप