शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रूसको कोइलाखानीमा आगलागी, निसास्सिएर ५२ श्रमिकको मृत्यु, तीन दिन शोक मनाइने

शुक्रबार, १० मङ्सिर २०७८, २२ : ०१
शुक्रबार, १० मङ्सिर २०७८

रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ श्रमिकको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु भएको हो ।

घटनामा ४९ श्रमिक घाइते भएका छन् भने केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । खानीमा फसेकाहरूको उद्धार गर्न गएका ६ जनाको पनि मृत्यु भएको छ ।

करिब ३०० श्रमिकले काम गरिरहेको खानीमा आगलागी भएपछि धेरै श्रमिक भागेर ज्यान बचाउन सफल भएका बताइएको छ । खानीबाट करिब ५० जनालाई जीवितै उद्धार गरिएको छ भने उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

रुसमा पछिल्लो एक दशकमा भएको खानी दुर्घटनामा यो नै ठूलो मानवीय क्षति हो । मिथेन ग्यास निस्किरहेकाले विष्फोट हुनसक्ने भन्दै उद्धार कार्य रोकिएको छ । पीडितका आफन्तहरू उद्धार कार्यलाई सशक्त नपारिएको भन्दै प्रशासनप्रति आक्रोशित बनेका छन् । 

खानीका निर्देशकसहित तीन जनालाई सुरक्षामा लापरबाही गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । घटनास्थल रूसी राजधानी मस्कोबाट तीन हजार ५०० किलोमिटर टाढा केमेरोभो क्षेत्रमा पर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप