शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषा काँग्रेस : सात प्रदेश क्षेत्रको नेतृत्व चयन

शुक्रबार, १० मङ्सिर २०७८, २१ : ५२
शुक्रबार, १० मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत धनुषाको आठ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये सात क्षेत्रमा नेतृत्व चयन भएको छ । धनुषाका ७ क्षेत्रमध्ये ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सहमतिमा नेतृत्व चयन भएको नेपाली कांग्रेस धनुषाका सभापति महेशशङकर गिरीले जानकारी दिए । चयन भएका नेतृत्वमा क्षेत्र नम्बर १ (क) मा जगतसुन्दर साह र क्षेत्र नम्बर १ (ख) मा ऋषि लामा प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित भए ।

क्षेत्र १ (क) मा सहमतिमै नेतृत्व चयन भए पनि १ (ख) मा सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट क्षेत्रीय सभापतिमा लामाले २२५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी मदन यादवले ७५ प्राप्त गरे । धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) मा पनि सहमतिमै नेतृत्व चयन भएको छ । उक्त क्षेत्रमा सुजित साह सभापतिमा निर्वाचित भए । क्षेत्र नम्बर २ (ख) मा सहमतिको प्रयास जारी रहेको र सहमति जुट्न नसके मतदान प्रक्रियामा जाने तयारी भएको धनुषा सभापति गिरीले बताए ।

धनुषा ३ को दुवै निर्वाचन क्षेत्रमा पनि सहमति मै नेतृत्व चयन भएको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (क) मा छेदी राउत र ३ (ख) मा रामचन्द्र पंजियार प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित भए । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि सहमति मै नेतृत्व चयन भएको छ । निर्वाचन क्षेत्र नम्बर ४ (क) मा योगनारायण यादव र ४ (ख) मा बासुदेव पौडेल प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित भए ।

प्रदेशसभा क्षेत्रीय अधिवेशन सकिएसँगै मंसिर १२ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी रहेको जिल्ला निर्वाचन सचिवालय प्रमुख रामगुलाम कर्णले जानकारी दिएका छन् । धनुषामा चारवटा निर्वाचन क्षेत्र छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप