शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्राधिकरणलाई प्रतिबद्धता पुरा गर्न १५ दिनको अल्टिमेटम

शुक्रबार, १० मङ्सिर २०७८, २१ : ४४
शुक्रबार, १० मङ्सिर २०७८

नेपाल विद्युत् प्राधिकरणको नुवाकोट देविघाटमा निर्माण गरिरहेको नेपालमै ठुलो सोलार ग्रिड आयोजनाले स्थानीयवासी, जनप्रतिनिधिहरू र सरोकारवालाहरूसँग विगतमा गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै युवा संघर्ष समितिले आयोजनाको ध्यानाकर्षण गराएको छ । २५ मेगावाट क्षमताको सोलार ग्रिड प्यानलले स्थानीय स्तरमा गरिनुपर्ने विकास निर्माणलाई बेवास्ता गरेको भन्दै प्रभावित बासिन्दाहरूले आयोजना प्रमुख विकार रघुवंशीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । १५ दिनको अल्टिमेटम सहित यस अघि भएका प्रतिबद्धता कार्यान्वयन नहुनुको कारण युवाहरूले लिखित रूपमा माग गरेका छन् ।

नगरपालिका क्षेत्रकै विभिन्न भूगोलमा नेपाल विद्युत् प्राधिकरणले नेपालमै ठुलो सोलार ग्रिड मानिएको उक्त आयोजना निर्माण गरिरहेको छ । निर्माण कार्यको आरम्भ हुँदा स्थानीय प्रभावित क्षेत्र र त्यहाँका जनताको हकमा आयोजनाले गरेको प्रतिबद्धता पुरा गर्न युवाहरूले माग गरेका छन् । विदुर नगरपालिका वडा नं. १२ चारघरेका रोजिना ढुङ्गानाको संयोजकत्वमा युवाहरूले युवा संघर्ष समिति गठन गरेका छन् । युवा संघर्ष समितिले यस भन्दा अगाडी आयोजनाले जनाएको प्रतिबद्धता तत्कालै कार्यान्वयन गर्न माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप