बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षित आप्रवासन परियोजनाको प्रभावकारिताबारे श्रम मन्त्रीको चासो

शुक्रबार, १० मङ्सिर २०७८, २१ : ३८
शुक्रबार, १० मङ्सिर २०७८

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सुरक्षित आप्रवासन परियोजना (सामी) को प्रभावकारिताबारे परियोजनाका अधिकारीहरुसँग जानकारी लिएका छन् ।  मन्त्री श्रेष्ठले परियोजनाका कारण लक्षित वर्गले सही सूचना पाएको र कामदार तथा उनीहरूका परिवारको आर्थिक सामाजिक सुदृढीकरण र उद्यमशीलतामा पहुँच बढेको भन्दै प्रशंसा गरे । श्रेष्ठले विदेशबाट आउने रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको अवस्थामा उक्त रकमको सही सदुपयोग र उत्पादनमूलक क्षेत्रमा लगानीका लागि परियोजनाले आवश्यक सूचना, परामर्श र सीप प्रदान गर्न थप भूमिका खेल्नुपर्ने बताए । 

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र लाभदायक बनाउने उद्देश्यका साथ सुरक्षित आप्रवासन परियोजना सञ्चालन भएको भन्दै उहाँले परियोजनाले वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य लक्षित गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका थिए । मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले सही सूचनाको अभावमा खाडी मुलुकमा जोखिमपूर्ण काम, न्यून तलबलगायत समस्या भोग्नुपरेको स्थितिमा  परियोजनाले सही सूचना दिने र सूचनामा पहुँच वृद्धि गर्ने कार्यमा सहयोग गरेको बताए । परियोजनाले वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक सूचना, परामर्श र सीप दिँदै आएको परियोजनाका टिम लिडर सीता घिमिरेले बताइन् । 

सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा सञ्चालित छ । सुरक्षित आप्रवासन परियोजना (सामी) ले वैदेशिक रोजगारमा जान चाहने, वैदेशिक रोजगारीमा कार्यरत व्यक्ति र उनीहरूको परिवारलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचनाको पहुँच र अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप