शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न

शुक्रबार, १० मङ्सिर २०७८, २१ : ३३
शुक्रबार, १० मङ्सिर २०७८

नेपाली सेनाको  जनसम्पर्क तथा सूचना निर्देशनालयले आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । चितवनको राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री खड्ग दल गणमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले समापन गरेका हुन् ।   गत मङ्सिर ५ गतेदेखि १० गतेसम्म चलेको कार्यक्रममा विभिन्न सञ्चार माध्यमका २६ जना रक्षा संवाददाताहरू सहभागी थिए ।  

उक्त कार्यक्रममा रक्षा संवाददाताहरूलाई नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूको बारेमा प्रस्तुतीकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रमका साथै राष्ट्र गौरवको आयोजना काठमाण्डौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना तथा चितवन राष्ट्रिय निकुञ्जको स्थलगत भ्रमण गराइएको थियो । समापन कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, श्री खड्ग दल गणका गणपतिलगायत नेपाली सेनाका अधिकृतहरूको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप