शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले महासचिवमा त्रिपक्षीय भिडन्त, शंकर पोखरेलको आफ्नै दाउ

शुक्रबार, १० मङ्सिर २०७८, २१ : ४२
शुक्रबार, १० मङ्सिर २०७८

नेकपा एमालेमा पदाधिकारी चयन सहमतिमा गर्ने चर्चाका बीच महासचिवका एक दावेदारले निर्वाचनकै पक्षमा आफ्नो धारणा राखेका छन् । पूर्व मुख्यमन्त्री समेत रहेका पार्टीका स्थायी समिति सदस्य शंकर पोखरेलले चुनावको पक्षमा आफ्नो धारणा राखेका हुन् । 

होटल क्राउन सौराहामा आफू निकट नेताहरूसँगको छलफलमा नेता पोखरेलले चुनाव भए आफुले जित्ने निश्चित रहेको बताएका हुन् । उनले भने, ‘चुनाव भए कन्फर्म जितिन्छ, सहमति भए भन्न सकिन्न ।’ एमाले महासचिवमा केपी ओली पक्षकै दुई नेताहरु बिष्णु पौडेल र पोखरेल आकांक्षी छन् ।

त्यस्तै अर्का नेता सुरेन्द्र पाण्डेले पनि महासचिव पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । महासचिव पदमा यी तीन नेताहरुबीच  भिडन्त हुँदै गर्दा चुनावमा जाँदा पोखरेलले आफुलाई अब्बल दावी गरेका हुन् । एमालेको नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको भएपनि हालसम्म के हुने भन्नेबारे अन्योल कायमै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप