शनिबार कास्कीका पाँचवटै पालिकामा माओवादीको अधिवेशन हुँदै

नेकपा (माओवादी केन्द्र) ले कास्कीका पाँचवटै पालिकामा सम्मेलन गर्ने भएको छ । राष्ट्रिय सम्मेलनको कार्यतालिका अनुसार जिल्लाका ७२ वटै वडामा नेतृत्व चयन गरेको माओवादीले शनिबार (भोलि) पालिका अधिवेशनमार्फत पालिकाहरुमा कमिटी चयन गर्नेछ ।
कास्कीका पोखरा महानगरपालिका, मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा एकैदिन गर्न लागिएको सम्मेलनको सबै तयारी पूरा भएको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति कास्कीका संयोजक बखानसिँह गुरुङले जानकारी दिए ।
माओवादी केन्द्रले पोखरा महानगर कमिटीको दोस्रो अधिवेशनको तयारी पूरा भएको जनाएको छ । महानगर कमिटीले आज पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको हो । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी पार्टीका वरिष्ठ नेता एवम् विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले अधिवेशनस्थल पोखरा सभागृहमा आएर कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनले आगामी तीन वर्षका लागि ९९ सदस्यीय महानगर कमिटी निर्वाचित गर्नेछ । अधिवेशन सम्पन्न गर्नका लागि डा.कृष्णराज अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको पार्टीले जनाएको छ ।
पोखरा महानगर कमिटीका अध्यक्ष विश्वप्रकाश लामिछानेले अधिवेशन भव्यता रुपमा सम्पन्न गर्न विभिन्न १२ वटा उपसमिति गठन गरिएको बताए । अधिवेशनका अवसरमा जनयुद्धका शहीद, घाइते तथा बेपत्ताका परिवारजनलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए ।
अधिवेशनमा महानगरका ३३ वटै वडाबाट निर्वाचित ५०१ प्रतिनिधि सहभागी रहनेछ । माओवादीको महानगरमा ८ हजार संगठित पार्टी सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंले भने– म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो (भिडियो)
-
विमान अवतरण गराउनासाथ पाइलटको मृत्यु
-
भारतका कृषि तथा किसान कल्याण मन्त्री चौहानद्वारा चन्द्रागिरिको भ्रमण
-
श्रम र रोजगार प्रवर्द्धनमा साझेदारी आवश्यक : श्रममन्त्री भण्डारी
-
कानुन विपरीत गर्भपतन गर्दै हुनुहुन्छ की ? कारबाहीमा पर्नुहोला ।
-
वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा छौँ: श्रममन्त्री भण्डारी