बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

घनश्याम भुसालद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

शुक्रबार, १० मङ्सिर २०७८, १८ : ५४
शुक्रबार, १० मङ्सिर २०७८

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका भुसालले शुक्रबार साँझ चितवनबाटै उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि भुसाल अध्यक्षमा उठ्ने चर्चा थियो ।

आफ्नै समूहका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि भुसाल वरिष्ठ उपाध्यक्षमा उठ्ने अड्कल गरिएको थियो । तर उनले एक कदम पछि हट्दै चार उपाध्यक्ष मध्ये एकमा उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लाग्नु भएको हो भन्ने रातोपाटीको जिज्ञासामा भुसालले भने, ‘ होइन, मैले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेँ ।’ 

एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा बन्दसत्र सफल पार्ने घोषणा गरिरहेका बेला पदाधिकारीमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यही सिलसिलामा अब १० बुँदे पक्षधर नेताहरु भीम रावल र घनश्याम भुसाललाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती ओलीमाथि थपिएको छ ।​ बन्दसत्रअघि सहमति जुटाउने प्रयासका लागि सौराहस्थित जंगल क्राउन होटलमा ८ बजेदेखि केन्द्रीय कमिटीको बैठक डाकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप