बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन : कास्कीमा सभापतिका निर्वाचन सम्पन्न, आजै मतगणना हुने

शुक्रबार, १० मङ्सिर २०७८, १८ : १६
शुक्रबार, १० मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत कास्की सभापतिका लागि भएकाको मतदान सम्पन्न भएको छ । कास्की काँग्रेसको जिल्ला सभापतिको नेतृत्वका लागि पाँच जना उम्मेदवार छन् । 

जिल्ला सभापतिमा किशोरदत्त बराल, आइबहादुर गुरुङ, सुदीपमोहन भट्टराई, पोषनाथ शर्मा र गिरिराज गौतमले उम्मेदवारी दिएका थिए । सभापति आकाङ्क्षी ५ जना मध्ये किशोरदत्त बराल संस्थापन (देउवा) पक्षका हुन भने पोषनाथ शर्मा, आइबहादुर गुरुङ, सुदिपमोहन भट्टराई र गिरिराज गौतम पौडेल पक्षमा खुलेका नेता हुन् ।

काँग्रेसको जिल्ला नेतृत्व चयनमा २०८८ जना प्रतिनिधि मध्ये २०२५ जनाले मतदान गरेका छन् । छानिएका प्रतिनिधिमध्ये ६३ जना मतदान प्रक्रियामा सरिक भएनन् । काँग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीले अहिले मतपेटिका सिल गर्ने काम भइरहेको बताउँदै सात बजेबाट पोखरा उद्योग वाणिज्य संघको हलमा मतगणना गरिने जानकारी दिए । 

उनका अनुसार पहिले जिल्ला सभापतिको मत गणना सुरु गरिने छ । सभापतिमा प्रतिस्पर्धामा रहेका पाँच जनामध्ये जुन उम्मेदवारले ५१ प्रतिशत मत ल्याउँछन् उनी नै सभापति घोषित हुने छन् । काँग्रेसको विधान अनुसार निर्वाचित हुनका लागि उम्मेदवारले कूल मतको ५१ प्रतिशत मत ल्याउनु पर्छ । यदि कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएको अवस्थामा सभापतिका लागि पुन: मतदान गर्नुपर्छ । कास्कीमा पनि ५ जना आकाङ्क्षी चुनावी मैदानमा उत्रिएकाले एउटै उम्मेदवारले ५१ प्रतिशत मत पाउने सम्भावना कम छ । 

यदि उम्मेदवारले ५१ प्रतिशत मत नपाएको अवस्थामा सभापतिका प्रतिस्पर्धीमा रहेका मध्ये धेरै मत ल्याउने मध्येका दुई जनाबीच पुनः निर्वाचन हुने छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप